अख्तियार प्रमुख लोकमानसिंह संसदीय समितिमा

२०७१ कार्तिक १९ गते, बुधबार


काठमाडौ, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको अर्थसमितिले बोलाए लगत्तै लेखा समितिले पनि बोलाएको छ ।
अख्तियारले आफ्नो कार्यक्षेत्र मिचेर विकास आयोजनाको काम रोक्न निर्देशन दिएको भन्दै समितिले कार्र्कीलाई बोलाउने निर्णय गरेको हो । संसदको अर्थ समितिले आज अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग अहिले छलफल गरिरहेको छ । । बैठकमा अख्तियार प्रमुख कार्कीसँग छलफल गरिरहेको समितिका एक सदस्यले जानकारी दिए ।
अख्तियारको क्षेत्राधिकारका विषयमा छलफल हुनेछ । कृषि तथा जलस्रोत समितिले पनि अख्तियारसँग छलफल गर्दैछ। संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले काबेली ‘ए’ जलविद्युत् आयोजनाका सम्बन्धमा पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनको छानबिन गर्ने भएको छ ।
यसअघि सुशासन तथा अनुगमन समितिले अख्तियार प्रमुखलाई बोलाएर छलफल गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]