बस दुर्घटना गराउनेलाई कर्तब्य ज्यानको मुद्दा

२०७१ कार्तिक २० गते, बिहीबार

काठमाडौ, २० कात्तिक । तीन साता अघि राजधानीको बबरमहलमा तीन जनाको ज्यान जाने गरी बस चलाई दुर्घटना गराउने चालकलाई प्रहरीले कर्तब्य ज्यानमा मुद्धा चलाउने तयारी गरेको छ ।महानगरीय प्रहरी बृत सिंहदरबारले बसका चालक चन्द्रबहादुर तामाङलाई कर्तब्य ज्यानमा मुद्धा दायर गर्ने राय सहित सरकारी वकिल कार्यालयमा मुद्धा बुझाएको छ । दुर्घटना हुन्छ भन्ने थाहा हुदाँ हुदै तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । २३ दिन अघि काभ्रेबाट पुरानोबसपार्क जाँदै गरेको बस अनियन्त्रित भएर बुद्धनगरको बिच सडकमा पल्टदाँ मोटरसाइकलमा सवार ३ जनाको ज्यान गएको थियो । यस्तै ९ जना घाइते भएका थिए ।
प्रहरीले सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १ सय ६१ को उपदफा दुई अनुसार मुद्धा सरकारी वकिललाई बुझाएको हो । यो ऐन अनुसार २ बर्ष देखि १० बर्षसम्म सजाय हुने ब्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]