पूर्वाधार विकास सम्मेलन शुरु हुदै

२०७१ कार्तिक २५ गते, मंगलवार

काठमाडौ, २५ कात्तिक। नेपालमा पहिलो पटक आजदेखि राजधानीमा पूर्वाधार सम्मेलन शुरु हुँदैछ ।पूर्वाधार विकासका बारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले दिउँसो ३ बजे उद्घाटन गर्ने तय भएको छ ।
सम्मेलनलाई उर्जा, यातायात, शहरी, उद्योग मन्त्रीलगायत उद्योगी व्यवसायीहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ । भोलिसम्म चल्ने सम्मेलनमा ५ सयभन्दा बढी सहभागी हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]