प्रचण्डलाइ गालीबेइज्ती मुद्दा

२०७१ कार्तिक २६ गते, बुधबार


काठमाडौं । इलाम मंगलबारे–९ का समिप घिमिरेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमाले प्रति गाली बेइजती गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा फिराद पत्र दर्ता भएको छ । घिमिरेले मंगलबार उक्त फिराद पत्र दर्ता गराएका हुन् ।
दांङमा पत्रकारहरुसँगको कुराकानीका क्रममा सोमबार अध्यक्ष दाहालले ‘लात खाने बानी परेका कांग्रेस–एमालेले बात मानेनन् । हामी लात उठाएका मात्र छौं, हानिहालेका छैनौं भनी नेपाली कांग्रेसको ऐतिहांसिक छविमा धक्का लाग्ने गरी गालीबेइज्जती दाबीसहित फिराद पत्र दर्ता गराएको समिप घिमिरेले जानकारी दिए ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य घिमिरेले दर्ता गराएको फिराद पत्रमा ‘प्रचण्डले कांग्रेसलाई भकुण्डोभन्दा मुनीको दर्जामा राखी अभिव्यक्ति प्रकट गरेका छन् ।’ ‘म फिरादी तथा पार्टी र पार्टीका अन्य नेता तथा कार्यकर्ताको इज्जत मान प्रतिष्ठा, ख्याती तथा जन विश्वासमा समेत विपक्षीले ठेस पु-याइदिएका छन् । यस्तो कार्य गाली बेइज्जती ऐन २०१६ को दफा ३, ३(२), २(क)(३) अनुसार वेइज्जती प्रष्ट छ ।’ यसै ऐनका आधारमा प्रचण्डलाई कारवाहीको माग समेत गरिएको छ ।
घिमिरेले वेइज्जतीको क्षतिपूर्तिवापत प्रचण्डबाट एक करोड रुपैंया र मुद्दा गर्दा लाग्ने ५० मुद्दा खर्च दफा १२ समेतका आधारमा दिलाई पाउँ भनी माग गरेका छन् । गाली–वेइज्जती ठहर भएमा ऐनको दफा ५ मा गालीबेइज्जती ठहर भएमा पाँच हजार रुपैंयासम्म जरिवाना र दुईबर्षसम्म कैद सजायको व्यावस्था छ । दफा ७ मा शान्ति भंग गराउने नियतले जानाजान गाली गरेमा एस सयदेखि पाँच सय रुपैयासम्म जरिवाना र ६ महिना कैदको व्यावस्था छ ।
घिमिरेले दर्ता गराएको फिराद पत्रमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिले कांग्रेस र नेताको छवि एवं प्रतिष्ठामा धक्का लागेको, विधिको शासनलाई चुनौती दिएको, पदको दुरुपयोग गरेको, जनतालाई त्रसित पारेको तथा सार्वजनिक शान्ति भंग हुने कार्य गरेको अभियोग समेत उल्लेख गरिएको छ । उनले आफू इमान्दार कार्यकर्ता भएको नाताले फिराद–पत्र दिनुपरेको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]