नेपाली नागरिक मोर्चा गठन हुने

२०७१ कार्तिक २६ गते, बुधबार

काठमाडौ ।देशमा रहेको विभिन्न समस्याको स्थायी समाधान गर्ने र नागरिकको पक्षमा कार्य गर्नुपर्ने भन्दै राष्ट्रिय पुनर्जागरण पार्टी ,नेपाल गणतान्त्रिक जनता पार्टी र हाम्रो नेपाल पार्टीले पार्टीगत स्वार्थभन्दा माथि उठी नेपाली नागरिक मोर्चा को गठन गरी सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेका छन् । राष्ट्रिय पुनर्जागरण पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा उक्त सहमति भएको हो । बैठकमा राष्ट्रिय पुनर्जागरण पार्टीका अध्यक्ष डि.वि. थापा ,नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष युवराज सफल र हाम्रो नेपाल पार्टीका प्रवक्ता कुमार प्रसाद हुमागाईको सहभागिता उपस्थिति थियो ।
बैठकमा धारणा राख्ने क्रममा तीनै पार्टीका नेताहरुले अहिले देशको राष्ट्रियता कमजोर भएको ,भ्रष्टाचार ,बेरोजगार ,महंगी ,गरिवी लगायत समस्या बढेको ,संविधान निर्माणमा जटिलता उत्पन्न भएको भन्दै त्यस्ता समस्याको तत्कालीन ,अल्पकालीन र दीर्घकालीन समाधान खोज्न अब नयाँ ढंगले अगाडि बढाउन पनि नागरिक तहवाट खबरदारी गर्न पर्ने आवश्यकता औल्याएका थिए ।
अत अब चाँडै तीन पार्टीको संयुक्त बैठक बसी नेपाली नागरिक मोर्चाको नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्ने लिखित सहमति भएको मोर्चा गठनमा लागेका नेताहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]