सार्क सम्मेलनमा दुई दिन सार्वजनिक विदा
काठमाडौ, २८ कात्तिक ।सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका बेला सुरक्षालाई ध्यान दिएर दुई दिन सार्वजनिक बिदा दिने भएको छ।सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मीनेन्द्र रिजालले सार्क सम्मेलनका बेला दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको बताए। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मंसिर १० र ११ गते दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको हो।
काठमाडौं उपत्यकाका शैक्षिक संस्था मंसिर ८ गतेदेखि १२ गतसम्म बन्द गर्ने पनि सरकारी तयारी छ।
त्यस्तै ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पनि उक्त अवधिमा जोर-बिजोरका आधारमा चल्न दिने सरकारी तयारी छ। यसअनुसार जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन चल्न दिइने भएको छ।