भिमदत्त राजमार्ग अवरुद्ध
काठमाडौं। डोटीको जोरायलमा गत असोज २० गते २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका पडितहरुले क्षतिपुर्तिको माग गर्दै आज भिमदत्त राजमार्ग अवरुद्ध गरिएको छ ।ज्ञापनपत्र बुझाएको १५ दिन बितिसक्दा पनि मागको कुनै सुनुवाई नभएकाले राजमार्ग अवरुद्ध गर्ने जोरायल सरोकार संघर्ष समितिका संयोजक दुर्गा ओझाले बताउनुभयो ।
यहि मसिर १ गते जोरायल सरोकार संघर्ष समितिले जिल्ला प्रशासन कार्यलयमा उचित क्षतिपुर्तिका लागि ज्ञापन पत्र बुझाएको थियो । दुर्घटनाका मृतक र घाइतेका परिवारले उचित क्षतिपुर्ति नपाएको गुनासो गर्दै आएका छन् ।गत असोज २० गते छतिवन–५, कतपत्तेमा भएको दुर्घटनामा परी २९ जनाको ज्यान गएको थियो भने ६८ जना घाइते भएका थिए ।