माघ ८ मा संविधान बन्दैन :सिटौला
काठमाडौ।काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेकै अवस्थामा माघ ८ मा संविधान निर्माण हुन नसक्ने बताएका छन् ।विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिटौलाले अहिलेको कार्यतालिकाअनुसार माघ ८ मा संविधान बन्न नसक्ने बताएका हुन् ।
उनले दलहरूको सहमतिमा कार्यतालिका परिवर्तन गरिएमा संविधान जारी हुन सक्ने पनि उल्लेख गरे ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई समितिमा पेस भएका विषयका आधारमा मात्र स्वविवेक प्रयोग गर्न दिएको प्रष्ट पारे ।