काँग्रेस नेताद्वारा गायिकामाथि अपशव्द प्रयोग

२०७१ मंसिर २३ गते, मंगलवार

काठमाडौं । आफूलाई समाज ,राष्ट्र र नागरिकको हितमा कार्य गर्न हिँडेको बताउने आम राजनीतिक पार्टीका नेताहरुको चरित्र कस्तो हुनपर्छ ?नेता भएपछि आफ्नो चरित्रमा आँच आउने कुरा गर्न हुन्छ कि हुँदैन ? उच्च ठाउँमा बसेर जनताको सेवा गर्छु र जनअधिकारको रक्षक हँु भन्नेहरुले नै भक्षकको व्यवहार गरे पछि आम नागरिकले के सोच्छन् ? यहाँ यस्तै घटना घटेको छ । आफूलाई योगेन्द्र गौतम भनेर चिनाउन चाँहने ,आफ्नो फेसबुक प्रोफाइलमा नेपाली काँग्रेसको झण्डा राख्ने अनि विभिन्न कार्यक्रमको फोटोसमेत राख्ने उनले गायिका बुनु उप्रतेति शर्मालाई फेसबुक मार्फत अपशव्द प्रयोग गरेका हुन् । नेपाली गीत संगीतमा लागेकी र भर्खर आफ्नो एकल एल्वम समेत निकालेकी गायिका माथि उनले सिधैँ आई लभ यू भन्दै शारिरिक सम्बन्ध राख्ने प्रस्ताव राखेका थिए । गौतमले यस्तो गलत हर्कत देखाएपछि आक्रोशित भएकी बुनुले त्यसको कडा प्रतिकार गर्दै नेताहरुको चरित्र यही हो ? नेताहरुले यसै गरी दुव्र्यवहार गर्नुपर्छ हो ? भन्दा भन्दै पनि उनले अर्को पटक समेत पुरानै कुरा दोहो¥याएका थिए । आफूमाथि अश्लिल शव्द प्रयोग गर्ने गौतमलाई गायिकाले अव कार्वाहीको लागि कदम चाल्छु भन्दा सरी एकपटकलाई माफ पाउँ भनेका थिए । आफूलाई किन त्यस्तो व्यवहार गरेको भन्दा गौतमले मैले तिमीलाई नजिकको मान्छे ठानेर यस्तो व्यवहार गरेको भनेका थिए । गौतमको कडा प्रतिवादमा गायिका उत्रेपछि उनले तत्काल गायिका बुनुलाई ब्लक गरेका थिए । फेसबुकमा सामान्य साथीमात्र रहेका गौतमले आफूलाई अचानक त्यस्तो अपशव्द प्रयोग गरेपछि आफू स्तव्ध भएको बुनुको प्रतिक्रिया थियो । साथै उसको गलत व्यवहारको कारण आफूलाई अचम्म समेत लागेको उनले बताइन् ।
आफूमाथि गलत हर्कत गर्ने गौतमको प्रतिवाद गर्ने बुनुको हिम्मतलाई सलाम गर्नुपर्छ ,यदि सबै महिला यसैगरी सचेत भएदेखि महिला तथा बालबालिका माथि हुने यौन दुराचारमा कमी आउने थियो । आफूलाई नेपाली काँग्रेसको नेता भन्दै महिलाहरुमाथि अनेक यौन दुराचार गर्दै हिँड्ने गौतमलाई कसले कार्वाही गर्ने ? आफ्नै पार्टीका सभापति सरकार प्रमूख भएको बेलामा उनले यसकै आडमा महिलामाथि जे पाए त्यही भनेका हुन् ? हैन भने यति पाको मान्छे भएर पनि किन उनी अश्लिल शव्द प्रयोग गर्दछन् ? समाज परिवर्तनका संवाहक मानिने कलाकारलाई त यस्तो व्यवहार गर्ने गौतमले अरु साधारण महिलाहरुलाई कति शोषण र दुराचार गर्दा हुन् ? के लोकतन्त्र गणतन्त्रको नाममा महिलामाथि यौन दुराचार गर्दै हिँड्ने छुट गौतमलाई कसले दिएको छ ? आम मानिस प्रश्न गरिरहेका छन् ।
हालसम्म यिनले कतिलाई यौन दुराचार गरेका होलान् कतिले डर त्रासका कारण घटना बाहिर ल्याउन नचाहेका हुन सक्दछन् । पार्टीको आडमा उनले आफ्नो गलत हर्कतहरुलाई झन् झन् बढवा दिदैँ गएका छन् । यी र यी जस्ता यौन दुराचारीहरुलाई कसले र कहिले कार्वाही गर्लान् ,अन्यायमा पर्ने महिला तथा वालवालिकाहरुले कहिले न्याय पाउलान ?

प्रतिक्रियाहरु

[anycomment]