एमाले पोलिटब्यूरोको निर्वाचन गर्दै
काठमाडौ । लामो समयदेखिको पार्टीको विधान विवाद टुंगिएपछि एमालेमा स्थायी समिति र पोलिटब्यूरो चयनको लागि बाटो खुलेको छ ।
५ महिनादेखि जारी विधान विवाद हिजो टुंगिएपछि एमालेले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई सर्वसम्मत हुने गरी सदस्यहरुको नाम चयन गर्न जिम्मा दिइएको छ ।एमालेको पोलिटब्यूरोमा पूर्णतर्फ २३ र वैकल्पिकतर्फ १५ सदस्य हुने प्रावधान छ । दुई नेताहरुको कार्यदलले आज मध्यान्ह बस्ने केन्द्रीय कमिटीको बैठक अघि नै पोलिटब्यूरो सदस्यहरुको नाम तय गरिसक्नु पर्ने समय दिइएको छ ।
यसअघि हिजो नै पोलिटब्यूरो चयन गर्ने तय भएकोमा नेताहरुबीच सहमतिको प्रयासका लागि भन्दै हिजो गर्ने भनिएको निर्वाचन आजलाई सारिएको हो ।निर्वाचनको बाँकी प्रक्रिया पुरा गरेर आज दिउँसो पोलिटब्युरोको निर्वाचन सम्पन्न गर्ने एमालेले जनाएको छ । निर्वाचन समितिले एकसय १७ जनाका मतदाता नामावली हिजौ नै प्रकाशित गरिसकेको छ । हाल केन्द्रिय कमिटिमा पूर्ण र वैकल्पिक गरी एकसय ६३ सदस्य छन् ।