एमाओवादी केन्द्रिय समितिको बैठक बिहान ११ बजेदेखि

२०७१ मंसिर २८ गते, आईतवार

काठमाडौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आजबाट बस्न लागेको छ ।पार्टीय कार्यालय पेरिसडाडाँमा बिहान ११ बजेदेखि बैठक सुरु हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयापे । बैठकमा पार्टीको आगामी रणनीति, आन्तरिक व्यवस्थापनका विषयमा छलफल हुन लागेको छ ।
केन्द्रिय समितिको बैठक अघि स्थायी समितिको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बिहान ९ बजे बैठक डाकिएको छ । केन्द्रिय समितिको बैठकमा लैजाने एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]