सन्चारमन्त्री विरुद्ध विकास समितिमा निवेदन दर्ता

२०७१ मंसिर २९ गते, सोमबार

काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार
कार्कीले सूचना तथा सन्चार मन्त्रीको निरंकुश शैलीको विरुद्धमा
व्यवस्थापिका संसद अन्तर्गत पर्ने विकास समितिको निवेदन दर्ता गराएका छन्
। आइतवार कार्कीले सो समितिमा आफनो निवेदन दर्ता गराएका छन् । बाबुराम
सरकारको पालामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त भएका कार्की
शुशिल कोइरालाको नेतृत्वमा गठन भएको सरकार लगत्तै सूचना तथा
सन्चारमन्त्रीले हटाउने प्रयास गरेका थिए । सन्चार मन्त्री रिजालले
रेडियो नेपालमा कार्यरत काँग्रेस सर्मथित युनियनलाई उचालेर उनलाई
निकाल्ने प्रयास असफल भएपछि निजलाई काजमा अहिले मन्त्रालयमा सरुवा गरेको
छ ।
विकास समितिमा दर्ता गरएका निवेदनमा निर्देशक कार्कीले सूचना तथा सञ्चार
मन्त्रीमा डा. मिनेन्द्र रिजाल मन्त्री नियुक्त भएपछि काँग्रेश निकट
कर्मचारीहरुलाई बोलाएर मेरा विरुद्ध आन्दोलन गर्न लगाएको । मन्त्रालयमा
बोलाएर राजिनामा गर्न दवाव दिएको, राजिनामा नदिएपछि सुनियोजित रुपमा दुःख
दिएको, झुठा आरोप लगाई स्पष्टिकरण सोधेको, विभिन्न निकायबाट प्राप्त
गरेको वैदेशिक भ्रमणहरु रद्द गरेको, आफुलाई हटाउन मन्त्रीपरिषद्मा
प्रस्ताव लगेको, व्यापक मानसिक तनाव हुने गरी मेरो विरुद्ध हुदैं नभएको
आरोपहरु लगाएको लगयत आरोपहरु लगाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]