अल्पविकसित मुलुकको बैठक जारी

२०७१ पुष २ गते, बुधबार

काठमाडौ ।हिजोदेखि काठमाडैमा सुरु भएको एसिया प्यासिफिक क्षेत्रमा रहेका १३ अल्पविकसित मुलुकको सम्मेलन आज पनि जारी रहनेछ ।सम्मेलनमा नेपाल, बंगलादेश, अफगानिस्तान, भुटान, कम्बोडिया, किरिवाटी, लावो, म्यानमार, सोलमन आइसल्यान्ड, टिमोर–लेस्टे, टुभालु, भनौतु र यमनका मन्त्री तथा उच्च अधिकारीको सहभागिता रहेको छ ।
एसिया प्रशान्त क्षेत्रका अल्पविकसित राष्ट्रको स्तरोन्नति तथा सन् २०१५ पछि विकासको मार्गचित्र नाम दिइएको सम्मेलन भोलिसम्म चल्नेछ । साढे तीन वर्ष अघि टर्कीको स्तानबुलमा भएको अल्पविकसित मुलुकको चौथो राष्ट्रसंघीय सम्मेलनले सन् २०२ सम्ममा कम विकसित मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य लिएको थियो ।
त्यसैअनुसार लक्ष्य अनुसार कुन देशमा कसरी के के काम भइरहेको छ भन्ने विषयमा अनुभवको आदान प्रदान सम्मेलनमा हुँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु