दलहरुलाई आय व्यय बुझाउन आग्रह

२०७१ पुष ९ गते, बुधबार

काठमाडौं ।निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई पुष मसान्तभित्र आय व्ययको वार्षिक प्रतिवेदन पेस गर्न आग्रह गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार आयोगमा दर्ता भएका सबै दललाई पुस मसान्तभित्र आय व्ययको प्रतिवेदन पेस नगरे जरिवाना गर्ने आयोगले जनाएको छ । लगातार तीन वर्षसम्म विवरण नबुझाएका दलको दर्ता खारेजी हुने भन्दै आयोगले सचेत गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]