सर्वपक्षीय सम्मेलन आबस्यक छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा प्रचण्डले सर्वपक्षीय सम्मेलनको प्रस्ताव गरेका छन ।एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा बाहिर रहेका शक्तिहरुलाई संविधान निर्माणमा सहभागी गराउन सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव चार दलको बैठकमा राखेका हुन् ।‘एकपटक असफल भयो भन्दैमा यो एजेण्डालाई अस्वीकार गर्नु हुँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने-‘बैद्य माओवादीसहितका शक्तिलाई सर्वपक्षीय सम्मेलनमार्फत संविधान निर्माणमा प्रक्रियामा संलग्न नगराई शान्ति प्रक्रिया र सविधान निर्माणको कोर्स पूरा हुँदैन ।’
बैद्य माओवादीको माग अनुसार गत भदौ ३१ गते सर्वपक्षीय सम्मेलन तय भएको थियो । तर, कर्मकाण्डी सम्मेलन गर्न लागेको भन्दै बैद्य माओवादीले अन्तिममा सर्वपक्षीय सम्मेलन बहिस्कार गरेको थियो ।
बैद्य माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नवगठित नेकपा माओवादीले अहिले पनि सर्वपक्षीय सम्मेलन माग गर्दै आएका छन् ।