चिनियाँ विदेश मन्त्री स्वदेश फर्कदै
काठमाडौ। नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने भएका छन ।हिजोसम्म भेटवार्ता तथा छलफल सकिसक्नु भएकाले आज कुनै भेटवार्ता तथा कार्यक्रम नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनि आज आरामका लागि धुलिखेल जाने कार्यक्रम तय भएको पनि मन्त्रालयले जनाएको छ । धुलिखेलस्थित द्ववारिकाज रिसोर्टबाट फर्किएर स्वदेश फर्कने तय भएको छ ।