मोहन वैद्य अस्पताल भर्ना
काठमाडौ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य फोक्सोमा समस्या भएपछि अस्पताल भर्ना भएका छन ।एक्कासी दम बढेपछि अध्यक्ष वैद्यलाई हिजो साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । केही दिन लगातार चलेको पार्टीको बैठकका कारण भएको दौडधूमपछि बिरामी पर्नु भएका वैद्यलाई अक्सिजन दिएर उपचार जारी राखिएको नेकपा–माओवादी सचिव देव गुरुङले जानकारी दिए ।सचिव गुरुङका अनुसार चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।