काङ्ग्रेस राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

२०७१ पुष १६ गते, बुधबार

काठमाडौ । नेपाली काङ्ग्रेसले आज ३९ औं राष्ट्रिय मेलमिलाप दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ । वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रका लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
कोइराला नेताहरु गणेशमान सिंह, शैलजा आचार्यलगायतसहित स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्कदा बीपीमाथि आईलाग्न सक्ने खतरालाई मध्यनजर गर्दै शुभचिन्तकहरुबाट स्वदेश नफर्कन आएका सुझावहरुलाई नजरअन्दाज गर्दै बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए ।
बीपीलाई तात्कालिन महेन्द्र सरकारले सोही दिन गिरफतार गरी सिधै सुन्दरीजल बन्दीगृहमा लगेको थियो । कांग्रेसले दिवसको अवसरमा आज ११ बजे पार्टी कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ भने विपी संग्रहालय सुन्दरीजलमा पनि कार्यक्रम हुने कांगे्रसले जनाएको छ । त्यस्तै जिल्ला जिल्लामा पनि पार्टीले कार्यक्रम गर्ने कांगे्रसले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]