राप्रपा नेपालको रथयात्रा समापन हुदै

२०७१ पुष १८ गते, शुक्रबार

काठमाडौ । राप्रपा नेपालको देशव्यापी रथयात्रको आज समापन गरिदैछ । आज काठमाडौको खलामञ्चमा पुगेपछि रथ यात्राको समापन गरिनेछ ।हिन्दू राष्ट्र माग गर्दै सुरु भएको मेची–महाकाली रथ यात्रा आज काठमाडौमा समापन गर्न लागेको राप्रपाले जनाएको छ । भक्तपुरबाट जुलुससहित रथयात्रा काठमाडौको खुलामञ्चमा पुगेर समापन गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा नेपाल सुदृढीकरण अभियानका समर्थकहरुहरुले भने रथ यात्राको विरोध गरेका छन् । हिजो कमल थापाको पुत्ला जलाएका थिए । उनीहरुले नारावाजी गर्दै थापाले हिन्दूराष्ट्र बनाउने नाममा चन्दा असुली अभियान चलाएको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]