३० दलीय मोर्चा छलफलमा जुट्दै
काठमाडौ। एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा आजपनि छलफलमा जुट्दैछ ।आज बिहान ११ बजे एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
३० दलीय मोर्चाले पहिचानसहितको १० प्रदेशको साझा खाका सार्वजनिक गर्ने विषयमा छलफल गर्न लगेको हो । हिजो बसेको मोर्चाको बैठकले तत्कालीन राज्य पुनर्संरचना समिति र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले सिफारिस गरे अनुसार १० देखि १४ प्रदेश कायम राख्नुपर्ने निर्णय गरेको थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीबीच शक्ति बाँडफाँड हुनुपर्ने, मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने अडानलाई कायमै राख्ने मोर्चाले निर्णय गरेको छ । त्यसै विषयमा थप छलफल गर्न मोर्चाको बैठक डाकिएको हो ।