एमाओबादीका जिल्ला सदस्य माओबादीमा प्रवेश
काठमाडौं। एकिकृत नेकपा माओबादीका जिल्ला सदस्य सिहंबहादुर गोले नेकपा माओबादिमा प्रबेश गरेका छन् । आज एक बिज्ञप्ती जारी गरी आफु बिप्लप नेत्रित्वको नेकपा माओबादीमा प्रबेश गरेको जनाएका हुन् ।‘नेपालमा क्रान्तिकारी आन्दोलनको नया सम्भावना र पहल सुरु भएका कारण म अत्यान्त हर्सीत छु’ उनिद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । त्यस प्रकारको घारालाई सहयोग र सर्मथन गर्न म आफनो कर्तब्य ठान्दछु त्यसैले आजैका मितिबाट ए माओबादी परित्याग गरेको घोषणा गर्दछु जारी बिज्ञप्तीमा उल्यख छ । यस अघि पनि ए माओबादीका जिल्ला सदस्य शैलेस नेकपा माओबादीमा प्रबेश गरेका थिए ।