बन्दले राजधानीको जनजीवन प्रभावित

२०७१ पुष २९ गते, मंगलवार

काठमाडौं । विपक्षी दलहरुले गरेको बन्दका कारण काठमाडौं उपत्यकाको जनजीवन मंगलबार बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण सवारी–साधन चलेका छैनन् भने सर्वसाधारण पैदल हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् । बन्दकर्ताले राजधानीका चोक–चोकमा भेला भएर नारा–जुलुस गर्नुका साथै सवारी–साधन अवरुद्ध गरिरहेका छन् । बन्द, हड्तालको क्रममा हुनसक्ने सम्भावित हिंसात्कम घटना रोक्न राजधानीमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संयुक्त रुपले बन्द आह्वान गरेका हुन् ।पार्टी विभाजन भएको तीन वर्षपछि पुष्पकमल दाहाल र वैद्य नेतृत्वका दुई माओवादी पार्टी सडकमा भने कार्यगत एकतामा देखिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]