एमाले कार्यकर्ता भेला गर्दै

२०७१ माघ ५ गते, सोमबार

काठमाडौ, ५ माघ ।नेकपा एमालेले संविधान निर्माणमा उत्पन्न जटिलता, संविधान जारी हुने नहुनेलगायतका विषयमा पार्टीको दृष्टिकोण, पार्टीको आगामी योजनालगायतका विषयमा जानकारी गराउन आज राजधानीमा कार्यकर्ता भेला गर्दैछ ।मध्यान्ह कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका अरु शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । भेलामा उपत्यकाका सबै पार्टी कमिटी, संगठित सदस्य तथा अरु जनवर्गीय संगसंगठनका पदाधिकारी तथा सदस्य, सबै सम्पर्क कमिटी तथा मंचमा आवद्धहरुलाई बोलाइएको छ ।यसअघि उपत्यका बाहिर विभिन्न ठाउँमा भेला गरेको एमालेले उपत्यकामा एकदिने भेला गर्न लागेको हो।

प्रतिक्रियाहरु

[anycomment]