संविधानसभाको बैठक कक्षमा खुर्सानीको धुलो
काठमाडौं, ८ माघ । संविधानसभाको बैठक कक्षभित्र १० पोका खुर्सानीको धुलो भेटिएको छ ।आज बिहान बैठक कक्षको सुरक्षा चेकजाँचका क्रममा खुर्सानी भेटिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जनाकारी दिए ।खुर्सानी कसले राखेको हो भन्नेबारे छानबिन सुरु भएको छ । अहिले संविधानसभाको सुरक्षा व्यवस्था निकै कसिलो बनाइएको छ ।