संविधान जारी गर्न नसकेको भन्दै शीर्ष नेताहरुको किरिया

२०७१ माघ १० गते, शनिबार

काठमाडौ , १० माघ । माघ ८ मा संविधान जारी गर्न नसकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुमा एकजना वृद्ध नागरिक शीर्ष नेताहरुको किरियामा बसेका छन् ।जिल्लाको वाणगङ्गा नगरपालिका–८ भक्तौलीका ६१ वर्षीय कृष्णदेव पोख्रेलले जनतासँग गरेको बाचाअनुसार राजनीतिक दलका नेताहरुले समयमै संविधान घोषणा गर्न नसकेको भन्दै हिन्दू वैदिक परम्पराअनुसार शुक्रबार रातिदेखि किरियामा बसेका हुन् ।
हामीले भोट दिएर नेताहरुलाई संविधानसभामा संविधान बनाउन पठाएका हौँ, “पोख्रेलले भने, हाम्रो लागि यी सबै दलका शीर्ष नेताहरुको मृत्यु भए समान छ । त्यसकारण किरिया गरेको हो ।”

प्रतिक्रियाहरु

[anycomment]