६० वर्ष पुगेकालाई भाडामा ५० प्रतिशत छुट

२०७१ माघ २१ गते, बुधबार

काठमाडौ, २१ माघ । उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । आजदेखि यो नियम लागू हुने काठमााडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।
काठमाडौं प्रशासन कार्यालय ,बाग्मती यातायात र उपत्यका यातायात व्यवसायी महासंघबीच भएका छलफलमा ६० वर्ष पुगेका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने सहमति भएको हो । प्रत्येक सवारीसाधानमा ज्येष्ठ नागरिकलाई दुईवटा सिट सुरक्षित राख्ने सहमति पनि भएको छ ।
यातायातमा ५० प्रतिशत छुटको मागसहित ज्येष्ठ नागरिकले काठमाडौंमा दुई वर्षदेखि धर्नासहित आन्दोलन गर्दै आएका थिए । ज्येष्ठ नागरिकको माग सम्बोधन गर्न काठमाडौंका सिडिओ अर्यालको पहलमा यातायात व्यवसायीसँग छलफल भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]