एमाओवादीलाइ आफ्नै कार्यकर्तामाथि अबिस्वाश

२०७१ माघ २१ गते, बुधबार

काठमाडौ, २१ माघ । एमाओवादी केन्द्रीय समितिको बैठकले आन्दोलनमा नआउने तथा पार्टी नीतिविपरीत अभिव्यक्ति दिने कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता दिनानाथ शर्माले आन्दोलनमा नआउने पार्टी सदस्यकोस दस्यता खोसिने बताए ।
दुई दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनमा सहभागी नहुनेको सदस्यता खोसिने चेतावनी दिएका थिए । पार्टीले नै धम्की दिएको भन्दै कार्यकर्ता थप आक्रोशित भएका छन् ।
सत्तारुढ काँग्रेस–एमालेले विगतका सहमति, सम्झौता र अन्तरिम संविधानको भावना र मर्मविपरीत आफूहरुलाई बाहिरै राखेर बहुमतीय प्रक्रियाबाट संविधान ल्याउन खोजेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दुई महिने आन्दोलन घोषणा गरेको छ ।
गत ११ माघमा सभाध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयबारेका प्रश्न तयार गर्न प्रश्नावली समिति गठन गरेपछि एमाओवादी मोर्चाले आन्दोलन घोषणा गरेको हो ।
उक्त निर्णय नसच्चिएसम्म आफूहरु संविधानसभा बैठकमा जनाने तथा सत्तारुढ दल, सरकार र सभाध्यक्षसँग वार्तामा नबस्ने चेतावनी एमाओवादीले दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]