संविधान सभा विपक्षी दलहरुले बहिस्कार गर्ने
काठमाडौं,२२ माघ । संविधान सभाको आज बोलाएको बैठकमा एकीकृत माओवादी नेतृत्वमा रहेको विपक्षी दलहरुको गठबन्धनले बहिष्कार गर्ने भएका छन् ।अहिलेसम्मको तयारी हेर्दा विपक्षीको बहिष्कारकै बीच पनि संविधानसभाको बैठक बस्नेछ ।संविधानसभाको इतिहासमा विपक्षीको बहिष्कारकै बीच सभाको बैठक गर्न लागिएको यो पहिलो पटक हो ।
संविधान सहमतिका आधारमा बनाउने कि सहमति नभए पनि प्रक्रियालाई पनि सँगै अघि बढाउने भन्ने विषयमा सत्ता र विपक्षबीच कुरा नमिलेपछि दलहरु मूठभेडको बाटोमा लागेका छन् ।माघ ५ गते राति एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभामा वितण्डा मच्चाएपछि त्यसयता दलहरुबीच राम्रोसँग संवाद नै हुन सकेको छैन ।बरु शीर्ष भनिएका नेताहरु नै अत्यन्तै निम्नस्तरको गाली गलौजमा उत्रिरहेका छन् ।विपक्षी दलहरुले हिजो बैठक गरेरै आज बोलाइएको संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।f