एमाले स्थायी कमिटीको बैठक आज पनि
काठमाडौ, २५ माघ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय बल्खुमा मध्यान्ह १२ बजे बैठक सुरु हुने पार्टी सचिव प्रदीप ज्ञवालीले बताए ।बैठकमा आज पनि विपक्षीम ोर्चालाई वार्तामा ल्याउन पार्टीको भुमिका र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
यसैबीच हिजोको बैठकले दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि सार्दै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्तामा आउन आग्ह गरेको थियो ।माघ ५ गते पार्टी अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलबाटै फेरि सम्वाद सुरु गर्न सकिने एमालेको निष्कर्ष थियो ।