एमाओवादी मोर्चाद्वारा वार्ता प्रस्ताव अस्वीकार

२०७१ माघ २६ गते, सोमबार

काठमाडौं, २६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा तत्काल सत्तापक्षसँग वार्तामा नबस्ने भएको छ ।प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ताको लागि लिखित आह्वान गरेपछि आज बसेको बैठकले तत्काल वार्तामा नबस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको आव्हान स्वागतयोग्य भएपनि मोर्चाको माग सम्बोधन गर्न नसकेको जनाएको छ । मोर्चाले प्रस्ताव समितिको काम रोकेर सहमतिमा संविधान बनाउन सरकारको प्रतिवद्धताको माग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]