माओवादी यातायात कार्यालय घेर्दै
काठमाडौँ, २७ माघ । नेकपा माओवादीले आज देशभरका यातायात कार्यालय घेर्ने भएको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रि रुपमा घटेको मूल्य अनुसार भाडा समायोजनाको माग गर्दै उसले यातायात कार्यालय घेर्न लागेको हो ।माओवादी पार्टीले दिएको जानकारी अनुसार दिउँसो १२ बजे एकैसाथ नारा जुलुस सहित यातायात कार्यालयमा ज्ञापनपत्र दिने कार्यक्रम रहेको छ । काठमाडौँको मिनभनवस्थित यातायात व्यवस्था कार्यालयमा माओवादीका नेताहरुले भाडा समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउदै छन् ।
माओवादी नेता कार्यकर्ता र सर्वसाधारण विहान ११ बजे शान्तिनगरमा जम्मा भएर १२ बजे नारा जुलुस सहित यातायात कार्यालय घेराउन गर्न जाने बताइएको छ ।जनतासँग दैनिक जीवनसँग सरोकार राख्ने सबै निकायमा पहिलो चरणमा ध्यानकर्षण गर्ने कार्यक्रम अनुसार यातायात कार्यालमा पनि ज्ञापनपत्र बुझाउन लागेको एक माओवादीले नेताले बताए । ति नेताका अनुसार आफ्ना माग पूरा नभए दोस्रो चरणमा आक्रमक कार्यक्रम आउँने छन् ।