माओबादीले बुझायो ज्ञापन पत्र

२०७१ माघ २८ गते, बुधबार

पोखरा-नेकपा माओबादी विप्लव पक्षले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न माग गरेको छ । अन्र्तराष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको मुल्य अनुसार नेपाली मुल्य समायोजन नभएको भन्दै सोही अनुसार कायम गर्न माग गर्दे माओबादीले ज्ञापन पत्र बुझाएको छ । जनतालाई झक्याएर केही प्रतिशत मुल्य घटाएको बाहाना बनाएले उचित तथा बैज्ञानिक तरिकाले मुल्य समायोजन गर्न माओबादीले सरकार सग माग गरेको छ ।
जिल्ला प्रसासन कार्याल, कास्की मार्फत बुझाईएको ज्ञापन पत्रमा बजारमा हाल कायम भएको पेट्रोलियम पदार्थको मुल्य अनुसार पनि सवारी तथा हवाई भाँडा घछाउन माग गरिएको छ । सवारीसाधनको भाँडा नघटेकोमा माओबादीले आपत्ती जनाएको छ । भाँडा र पेट्रोलियम पदार्थ संबन्धीत बिषय भएकोले भाँडादर पेट्रोलय पदार्थको मुल्यका आधारमा घटाउन तर्फ सरकार उदासिन देखिएको माओबादी कास्कीका सेक्रेटरी उभारले बताए ।
सरकारले जनतालाई राहत दिनेतर्फ नसोचेकोले आफुहरुको शान्तिपुर्ण मागलाई संबोधन गर्न कास्कीका ईन्चार्ज शाबित्रा दुराले चेतावनी दिईन । यदि राज्यले सक्दैन भने आफुहरुले कानुन हातमा लिएर भएपनि बैज्ञानिक भाँडादर कायम गराएरै छाड्ने उनको भनाई छ ।
मुल्यबृद्धि नियन्त्रण नभएकोले गरिब,किसान,मध्यम बर्गिय जनताहरु मारमा परेको माओबादीको ठहर छ । अहिलेको सरकार ईतिहासकै नालायक साबित भएकोले सामान्य ग्यासको समेत हाहाकार भएको भन्दै उनिहरुले आक्रोश पोखेका छन ।
जिल्ला प्रसासन कार्यालयमा कोणसभाको समेत आयोजना गरिएको थियो । ज्ञापन पत्र बुझाउनु अघि माओबादी कार्यकर्ताहरुले ग्यासको सहज उपलब्धताको माग गर्दे नारावाजि समेत गरेका थिए । – माधब पनेरु

प्रतिक्रियाहरु

[anycomment]