नेपाल–भारत संयुक्त सुरक्षा बैठक जारी

२०७१ माघ २८ गते, बुधबार

काठमाडौ, २८ माघ । नेपाल–भारत संयुक्त सुरक्षा बैठक आज पनि जारी रहने भएको छ ।हिजो बिहानदेखि पोखरामा शुरु भएको बैठकमा आज पनि विभिन्न विषयमा छलफल हुनेछ । बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गरेका छन भने भारतबाट सहभागी टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गरेका छन ।
बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहनु भएका ढकालले जानकारी दिए । बैठकमा हिजो नेपालले दशगजा छेउको सडक र मानव तस्करी रोक्न भारतसँग औपचारिक आग्रह गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]