विपक्षीले संविधानसभाको आजको बैठक बहिष्कार गर्ने

२०७१ माघ २९ गते, बिहीबार

काठमाडौ, २९ माघ । एकीकृत नेकपा माओवादीसहितका विपक्षी दल तथा राप्रपा नेपालले संविधानसभाको बैठक बहिष्कार गर्ने भएका छन् ।विपक्षी मोर्चाका प्रवक्ता पे्रमबहादुर सिंहले आफूहरुको पूर्व निर्णयअनुसार नै आजको बैठकमा नजाने बताए । विपक्षी मोर्चाले सत्तापक्षले जबरजस्ती प्रक्रियामार्फत संविधान बनाउन लागेको भन्दै प्रश्नावली निर्माणप्रति पनि असहमति जनाउँदै आएको छ ।
यस्तै राप्रपा नेपालले पनि आजको बैठक बहिष्कार गर्ने भएको छ । राप्रपा नेपालले चौथो ठूलो दलको सैद्धान्तिक अवधारणालाई अवज्ञा गर्दै धर्म निरपेक्षलगायतका केही विषयमा प्रश्नावली नबनाएको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]