भाजपाको राजनीतिक टोली काठमाडौमा

२०७१ फाल्गुन ४ गते, सोमबार

काठमाडौ ४ फागुन । सत्तारुढ भारतीय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतत्वमा एक उच्च स्तरीय भारतीय राजनितिक टोली काठमाडौ आइपुगेको छ ।नेपाल भारत सहयोग मञ्चको निमन्त्रणमा सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का वरिष्ठ नेताहरु, भारतका विभिन्न प्रदेशका विद्यायकहरु, साँसद लगायतका उच्चस्तरीय भारतीय राजतिनतिक टोली काठमाडौ आइपुगेको हो ।
आज सोमवार पशुपति क्षेत्रस्थित माघवराज सुमार्गी स्मृती भवनमा दिउँसो १ बजे उदघाटन हुने नेपाल भारत सहयोग मञ्चको विशेष समारोहमा सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का उच्चस्तरीय राजनितिक नेतृत्वको सहभागिता रहने आयोजकले जनाएको छ ।
नवगठित नेपाल भारत सहयोग मञ्चको उदघाटन एव विशेष समारोहलाई भारतीय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवी र नेपालका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का लगायतका नेताहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालमा पछिल्लो पटक धर्मनिरपेक्ष संस्थागत हुन नसकिरहेको र हिन्दु राष्ट्र निर्माणको अभियान तिब्र भइरहेको बेलामा सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी )का उच्चस्तरीय राजनितिक टोलीको नेपाल आगमनलाई बिशेष महत्वका साथ हेरिएको छ ।
बहुसंख्यक नेपाली जनता हिन्दु राष्ट्रको पक्षमा उभिएको भन्दै नवगठित नेपाल भारत सहयोग मञ्चले धार्मिक स्वतन्त्रता सहित नेपालमा हिन्दु राष्ट्र स्थापनामा विशेष भूमिका निर्वाह गर्ने छ ।
सत्तारुढ भारतीय जनता पार्टी ( बिजेपी ) का केन्द्रिय उपाध्यक्ष श्रीमती रेणुदेवीको नेतृत्वमा साँसद मनोज तिवारी, वरिष्ठ नेता बिजय जोली, बिहार बिधानसभा सदस्य प्रमोद कुमार, सचिन्द्रप्रसाद सिंह, झारखण्ड बिधानसभा सदस्य डाक्टर जिशिराम मला लगायतका उच्चस्तरीय नेताहरुको सहभागिता रहने नेपाल भारत सहयोग मञ्चका सल्लाहकार श्याम तिम्लिसनाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]