बैद्य नेतृत्वको मोर्चा सडकमा ओर्लदै

२०७१ फाल्गुन ८ गते, शुक्रबार

काठमाडौँ । बैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जनतन्त्र र जनजीविकाका विषयलाई लिएर यही फागुन २५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।बैद्य माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले संविधानसभाबाट जनताको अपेक्षाको संविधान निर्माण हुन नसक्ने ठहर गर्दै जनप्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले ३३ दलीय मोर्चालाई निरन्तरताका साथ अझ सक्रिय बनाउने निर्णय गर्दै सबै वर्ग तथा क्षेत्रलाई अधिकारसम्पन्न पार्ने गरी अधिकारसम्पन्न सर्वपक्षीयसभाको गठन गरेर संविधानका विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोड दिइएको बैद्य माओवादीले जनाएको छ ।
मोर्चाको बैठकले संविधानसभाको विघटन, अधिकार सम्पन्न सर्वपक्षीयसभाको गठन, उत्पीडित जातिहरूको पहिचानसहितको सङ्घीय गणतन्त्रात्मक संविधान, राज्यका सबै अङ्गहरूमा उत्पीडित वर्ग तथा समुदायहरूको पूर्ण समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय स्वाधीनताको रक्षा र ग्यास, तेल, लोडसेडिङ, भ्रष्टाचार तथा महँगीलगायत राष्ट्रियताका निम्ति सङ्घर्ष गर्ने निष्कर्ष निकालेको बताइएकोछ ।

प्रतिक्रियाहरु

[anycomment]