एमाले स्थायी कमिटिको बैठक बस्दै
काठमाडौ, १८ फागुन । एमाले स्थायी कमिटिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्दैछ ।वैकल्पिक केन्द्रीय सदस्य मनोनयनलगायतका विषयमा छलफल गर्न आज पनि बैठक जारी रहने भएको हो । बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनका साथै बागलुङमा हुने उपनिर्वाचनका लागि पार्टीले दिने उम्मेवारीका बारेमा पनि छलफललगायत बाँकी एजेण्डमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।