वाइसिएल भ्रष्टाचारी , कालोबजारीबिरुद्ध उत्रने

२०७१ फाल्गुन १८ गते, सोमबार

काठमाडौ, १८ फागुन । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएलले भ्रष्टाचारी , कालोबजारी तथा कृतिम अभाव सृजना गर्नेहरुमाथि कारवाही थालने भएको छ । वाइसिएलको सोमबार बिहान बसेको केन्द्रिय समितीको बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा वाइसिएलले यस्तो बताएको हो ।
बैठकमा भ्ष्टचारी, कालोबजारी तथा कृतिम अभाव सृजना गर्नेहरुमाथि कारवाही थालिने निर्णय भएको एक केन्द्रिय सदस्यले बताए ।
‘भ्रष्टाचार,तस्करी,कालाबजारी,कृत्रिभ अभाव,महँगी,यातायात भाडा वृद्दिलगायत जनसरोकारका विषयहरुमा संघर्षको विस्तार गर्न एकहप्ताभित्र ठोस योजना बनाउने’,अध्यक्ष गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘देशव्यापी रुपमा सरकारी कामकाज,विकास निर्माणलगायत क्षेत्रमा भएका भ्रष्टाचार,अनियमितता,अव्यवस्थाको विरुद्द आमजनतासहित संघर्ष गर्ने ।’
काग्रेंस–एमालेले व्यापक विरोध गरेपछि स्थगित जस्तो देखिएको संगठन पार्टीले उतारेको खासखास अवस्थामा सडकमा उत्रिंदै आएको mछ । गए फागुन १२ गते काठमाडौंको भृकुटीमण्डपबाट भाटे जुलुश निकालेपछि पुन चर्चामा आएको वाइसिएलले फागुन १६ को ३० दलिए मोर्चाको कार्यक्रममा प्रदर्शन तथा सभालाई व्यावस्थित गर्न मुख्य भूमिका खेलेका थियो । १६ गते नै बानेश्वमा कोटेश्वरबाट खुल्लामञ्च जादै गरेको जुलुशलाई प्रहरीले लाठीचार्ज गरेपछि वाइसिएल ले नै प्रतिरोध गरेको र निषेधित क्षेत्र तोडेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]