बाल विवाह गराउने प्रहरीको फन्दामा

२०७१ फाल्गुन २१ गते, बिहीबार

काठमाडौं,२१ फागुन । सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ ।उमेर नपुगेको १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाई त्यस्तो विवाह रोक्न प्रहरी र स्थानीय बाल सञ्जाल समितिको आग्रहलाई समेत व्यवस्था गरी विवाह गरेकाले उनीहरु प्रक्राउ परेका हुन् ।
पक्राउ परेका जन्ती सबैलाई इलाका प्रहरी कार्यालय मेलम्चीले गएराति सम्झाइबुझाइ घर पठाएको थियो भने बेहुला, बेहुली, लमी र त्यस्तो विवाह गराउने पुरेतलाई प्रहरीले कानुनअनुसार कारबाही गर्ने प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
दश वर्षदेखि १४ वर्ष नपुगेको बालबालिकाको विवाह गरेको हकमा तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]