शहिद सप्ताह तथा अतिरिक्त कार्यक्रम सम्पन्न
काठमाडौँ । डोटीको दिपायल राजपुर स्थित शहिद स्मृति आवासिय माध्यामिक बिद्यालय राजपुर डोटीमा यहि २०७१ साल फागुन २१ गते बिहिबारका दिन शहिद सप्ताहको समापन तथा अतिरिक्त कार्यक्रम नेकपा माओबादीका पिबिएम तथा सेति महाकाली इन्चार्ज कमरेड ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा शहिद परिवारलाई दोसल्ला ओढाउने तथा केन्द्रिय समिति द्वारा पठाएको सम्मान पत्र प्रदान गरिनुका साथै बिद्यालयमा गरिने अतिरिक्त कार्यक्रममा बिजेता बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमान पत्र बितरण र पार्टीका तर्फाट फलफुल ९स्याउ र अंगुर० बितरण गरिएको छ । नेकपा माओबादीका जिल्ला सचिबालय सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्य प्रताप पुनको अध्यक्षता, शिक्षक द्वोय धन बहादुर बोहरा र नन्द लाल पनेरुको संन्चालन र स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रममा एनेकपा९माओबादी०का जंग बिक, नेकपा(माओबादीका शिब सुन्दर शाही, नेकपा माओबादीका बाजुरा सहःसचिब क।एन्डिज, डोटी जिल्ला सचिब र सहः सचिब क।बिबेक र रोशन, बिद्यालयका प्रधान अध्यापक प्रमानन्द जोशी र शिक्षक प्रेम सिंह घोटा लगाएतले आ(आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै पिबिएम पुनले महान शहिदहरुले जनयुद्धमा बलिदान नेपालमा नयाँ जनबादी क्रान्ति गर्नका लागि गरेकोले पार्टीले सो प्राप्ति नगर्दा सम्म निरन्तर लडिरहने प्रतिबद्धता जाहेर गरेका छन् ।