दलहरुबीचको सम्वादहिनता तोडिदै

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौ, २२ फागुन। प्रमुख दलहरुबीच लामो समयदेखिको सम्वादहिनता तोडिने भएको छ । वार्तामा बस्ने एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको निणर्यसँगै दलहरुबीचको सम्वादहिनता तोडिएर वार्ताको ढोका खुला भएको छ । तर औपचारिक वार्ताका लागि अझै एकदुई लाग्ने देखिएको छ ।
हिजो विपक्षी दलले गरेको निणर्यमा थप छलफल गर्न आज सत्तासिन कांग्रेस र एमालेको बैठक बस्ने तयारी छ । आजको बैठकलगत्तै आन्तरिक छलफल गरेर औपचारिक वार्ताको समय तय गरिनेछ ।
एमाले नेता माधवकुमार नेपालले पर्सीसम्ममा वार्ता सुरु हुने बताउनुभयो । एक चरण अनौपचारिक कुराकानी हुने र त्यसलगत्तै औपचारिक वार्ता थाल्ने नेपालले बताउनुभयो । अबको वार्तामा यसअघि सुरु भएका वार्ताकै जगमा रहेर नयाँ विकल्प खेजिने नेपालले बताउनुभयो ।
विपक्षी मोर्चाले सत्तारुढ दलहरुसँग औपचारिक बार्ता गर्ने हिजो निर्णय गरेको छ । यसैबीच प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफलको तयारी छ । अनौपचारीक तहमा छलफल गर्ने योजना रहेको प्रधानमन्त्रीक प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । समय भने तय भइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]