एकीकृत क्रान्तिबाट मात्र महिला मुक्तिः बास्तोला

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले एकीकृत क्रान्तिले मात्र महिला मुक्ति हुँनै भन्दै त्यसको लागि तयार रहन महिलालाई आह्वान गरे ।१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै बास्तोलाले सो कुरा बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्तोलाले महिला माथिको शोषण दमनको अन्त्य गर्न फेरी अर्को क्रान्तिको आवश्यक रहेको बताए । यस अघिका अन्दोलनमा महिलाहरुको उल्लेखनिय सहभागिता रहेपनि अपेक्षा गरेअनुसार पूर्ण मुक्ति हुन नसकेको भन्दै उनले एकीकृत क्रान्ति गर्नुपर्ने बताए ।
संघका केन्द्रीय संयोजक वन्दु चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वेपत्ता समाजका अध्यक्ष एकराज भण्डारी, शहीद परिवारका अध्यक्ष खुमा सुवेदी, नेकपा माओवादीका केन्द्रीय सदस्य आस्था, लेखक संघका अध्यक्ष निभा शाह लगायका बक्ताहरुले महिला दिवसको शुभकामना दिएका थिएँ ।
काठमाडौँको विभिन्न ठाउँबाट नारा जुलुससहित र्याली निकाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]