मुस्ताङ गुम्बा जुवाडेको अखडा

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौं । स्वयंभुस्थित मुस्ताङ गुम्बाभित्रै क्यासिनोजस्तै बनाएर जुवा खेलाइने गरेको खुलासा भएको छ । आइतबार राति प्रहरीले गुम्बामा छापा मारी १२ लाख नगद र जवाका सामाग्रीसहित २५ जनालाई पक्राउ गरेको छ ।
प्रहरी अपराध महाशाखाबाट इन्स्पेक्टर गोविन्द पन्थीको कमान्डमा खटिएको टोलीले राति गुम्बामा छापा मारेको हो ।
प्रहरीले घटनास्थलबाट लामाको भेष लगाएका समेत करिब २५ जनालाई पक्राउ गरेको स्रोतले बतायो । घटनास्थलबाट प्रहरीले १२ लाख नगद र करिब १२ सय थान मच्याङ बरामद गरेको छ । ध्यान एवं धर्मकर्म गर्नुपर्ने गुम्बाभित्र जुवा खेलाइने गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले छापा मारेको हो । गुम्बाबाट जुवाडेलाई समातिएपछि स्वयंभुका स्थानीहरु खुशी भएको प्रहरीलाई सहयोग गर्ने एक स्थानीयले बताए ।

प्रतिक्रियाहरु

[anycomment]