राप्रपामा समानान्तर केन्द्रीय समिति

२०७१ फाल्गुन २५ गते, सोमबार

काठमाडौ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पद्मसुन्दर लावती नेतृत्वको समूहले अलग्गै समानान्तर केन्द्रीय समिति घोषणा गरेको छ। राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी समानान्तर समिति घोषणा गरेको हो । समानान्तर केन्द्रीय समितिको अध्यक्षमा पद्मसुन्दर लावती छन् भने सहअध्यक्षमा गणेश शेरचन, उपाध्यक्षमा दिलविकास राजभण्डारी, प्रल्लाद शाह, सत्यमान लामा, सानेलाल यादव, रमा थपा र रुकसिंह थापा, महामन्त्रीमा श्याम तिमिल्सिना, बालकृष्ण न्यौपाने र रामु राइ र कोषाध्यक्षमा तीर्थप्रसाद श्रेष्ठ, प्रवक्ता सगुनसुन्दर लावती रहेका छन्।सोमबार घोषणा गरिएको केन्द्रीय समितिका एक सय ६४ जना छन्। लावतीले नयाँ केन्द्रीय समितिको बैठक यही चैत १ गते राजधानीमा बोलाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]