एमाओवादी नेतृत्वको३० दलीय मोर्चा भावी रणनीति बनाउदै

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ, २६ फागुन। एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले भावी रणनीतिको बारेमा आज छलफल गर्ने भएको छ ।रणनीतिको बारेमा छलफल गर्न मोर्चाले दुई ओटा छुट्टाछुट्टै बैठक बोलाएको छ । दुबै बैठकमा दोस्रो चरणको आन्दोलनको स्वरुप र अहिलेसम्म भएका वार्ताको बारेमा छलफल हुने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए उनका अनुसार काङ्ग्रेस–एमाले लगायतका दल वार्ता र सहमतिका लागि तयार नभएपछि मोर्चाले अबको योजनाको बारेमा छलफल चलाउन थालेको हो । बिहान ११ बजे ७ दलीय संघीय गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ भने दिउँसो २ बजेपछि ३० दलीय विपक्षी मोर्चाको बैठक बोलाइएको छ ।
दुवै बैठक एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने पनि नेता कर्णले जानकारी दिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरे पनि वार्ताको ढोका भने खुला राख्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]