क्यासिनो मजदूरहरुद्वारा पुर्नवहालीको माग
काठमाडौं, २६ फागुन । क्यासिनो साङ्ग्रीलाका मजदूरहरु पुर्न वहालीको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूलाई विनका कारण प्रहरी लगाएर निकालिएको उनीहरुले बताएका छन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उनीहरुले निस्वर्थ आफ्नो पुर्नवहालीको माग गरेका छन् । उनीहरुले नयाँ व्यवस्थापनले आफूहरुलाई मतलव नै गरि नयाँ मजदूर भर्तिको गरेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
उनीहरुले आफ्ना माग पूरा गर्न संघर्ष समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक भुमिनन्द अमगाईले पहिलेको यसअघिको
व्यवस्थापनले विना कारण प्रहरी लगाएर २०७० असोज ११ गते राती ५ सय २५ मजदूरलाई जबरजस्ती निकालेको बताए । स्टार म्याजमेन्टले उक्त क्यासिनो सञ्चालन गरेको थियो ।
पत्रकार सम्मेलनमा मजदूर संगठनका नेताहरुले पैसा खाएर आफूहरुलाई पुर्नवहाली नगरेको आरोप पीडित मजदूरको थियो । अहिले अस्टेलियन नागरिकको
लगानीमा “मिनियर्स क्लब एण्ड क्यासिनो” नामबाट होटल साङ्ग्रीलामा पुनः क्यासिनो संचालनमा आएको छ । त्यसको व्यवस्थापनको जिम्मा राजेन्द्र
बजगाईले लिएका छन् । पत्रकार सम्मेलनमा प्रेम कुमार श्रेष्ठले नयाँ व्यवस्थापन समस्या समाधान गर्न भन्दापनि एक एक गरि घरघरमा गएर राजीनामा गर्न दबाब दिइरहेको बताए । श्रम ऐन विपरित आफूहरुलाई हटाइएकाले आन्दोलनमा जानु परेको आमगाईले बताए । उनले श्रम कार्यालायको निर्देशनपछि व्यवस्थापन पक्षले नमानेको बताए । लगानी जसको भएपनि मजदूरहरुलाई हटाउन नहुँने आफूहरुको माग रहेको पीडित हेमराज राईले बताए । श्रम मन्त्रालयले मजदूर पुर्नवहालीको लागि आदेश गरेपनि कार्यन्वयन नगरेको उनले गुनासो गरे । विना सर्त ४ सय ६२ मजदूरको पुर्न वहाली नभएसम्म आफूहरु आन्दोलन गरिरहे राईले बताए । करको विषयलाई लिएर बन्द भएको क्यासिनो नयाँ पुनः सञ्चालन भएको छ ।