उपराष्ट्रपतिको घर जोगाएकोमा स्थानीयद्वारा विरोध
काठमाडौं,२९ फाल्गुन । काठमाडौंको गौरीघाट नजिक सडक विस्तारको क्रममा उपराष्ट्रपति परमानन्द झाको घर जोगाएर सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयबासी आक्रोशित भएका छन् । उपराष्ट्रपतिको निवास जोगाउन खोजिएको भन्दै स्थानीय वासिन्दा आक्रोशित भएका हुन । काठमाडौ महानगरपालिकाले उपराष्ट्रपतिको निजी निवास जोगाउने नियतले एकतर्फी बाटो भत्काउन थालेपछि स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
त्यसपछि बाटो विस्तारका लागि घर भत्काउने काम रोकिएको छ । उपराष्ट्रपतिको घर पनि कानून बमोजिम नभत्काउ सडक विस्तार अगाडि बढ्न नदिने चेतावनी स्थानीयवासीले दिएका छन् । उपराष्ट्रपतिको निवास अगाडी नारावाजी र विरोध प्रदर्शन भएपछि सुरक्षार्थ प्रहरी परिचालन गरिएको थियो ।