राजनीतिक अस्थिरताले सबै क्षेत्रमा निराशा छायो: राष्ट्रपति
काठमाडौं, २९ फाल्गुन । राष्ट्रपति डा. रामबरण यादवले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा सबै क्षेत्रमा निराशा छाएको बताएका छन् । राष्ट्रपति भवन शितलनिवासमा आज गरिएको खेलाडी सम्मान कार्यक्रममा उनले मुलुकलाई प्रकृतिले प्रशस्त सम्भावनाहरु दिएपनि तरल राजनीतिका कारण यी सबै सम्भावनाहरु ओझेलमा परेको बताए ।राष्ट्रपति यादवले अहिले यही तरल राजनीतिका कारण लाखौं युवा बाहिरिएको स्मरण गर्दै राजनीतिक स्थायीत्व दिन सकिए ति सबै युवा नेपाल फर्कने दाबी गरे ।
अहिलेको राजनीतिलाई व्यवस्थापन गरेर अघि बढ्न सके उर्जा, जलस्रोत, पर्यटनलगायतका क्षेत्रको विकासमा फड्को मार्न सक्ने उनको भनाई छ ।
उनले नेपालको खेलकुद क्षेत्र र त्यसमा पनि महिला खेलाडीहरुको पु¥याएको योगदानको प्रशंसा गरे ।