चार दलको बैठक बस्दै
काठमाडौ, ३० फागुन । आज चार दलको बैठक बस्ने भएको छ । सहमति जुटाउन भन्दै कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसवादी दल छलफलमा जुट्न लागेका हुन् । अस्ती र हिजो द्विपक्षीय वार्ता भएपछि आज चार दल छलफलमा जुट्न लागेका हुन् । तर बैठक कहाँ र कति बेला बस्ने भन्ने तय भइसकेको छैन ।
चार दलको वार्ता अघि कांग्रेस र एकीकृत माओवादी अनौपचारिक छलफलको तयारीमा छन् । एक महिनादेखि संविधानसभा अवरुद्ध भएको भन्दै त्यसलाई निकास दिन दलहरु निकास खोज्ने गरी वार्तामा बस्न लागेका हुन् ।
हिजो पनि नेपाली कांग्रेस र मधेस केन्द्रित दल छलफलमा जुटेका थिए भने एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच पनि हिजै छलफल भएको थियो । दलहरूबीच जारी वार्तामा संविधान निर्माण प्रक्रिया अनन्तकालसम्म रोक्न नसकिने सहमति बनेपनि निस्कर्षमा भने पुग्न सकेका छैनन् ।