प्रधानमन्त्री र प्रचण्ड वार्ता गर्दै
काठमाडौं, १ चैत । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा प्रधानमनत्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । हिजो शनिबार भएको सत्तारुढ दल कांग्रेस–एमाले र विपक्षी एमाओवादी मोर्चाका बीचमा दलहरुबीचमा देखिएको असहमति हल गर्ने जिम्मा दुई नेतालाई दिएका कारण आज कोइराला र प्रचण्डबीचमा वार्ता हुन लागेको हो । वर्तामा दहहरुबीचमा देखिएको असमझदारीको कसरी हल गर्ने र संविधान निर्माण प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सत्तारुढ दलहरुले दलहरुबीच सहमति नभए प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेका छन भने विपक्षी मोर्चाले सत्तारुढ दलले पेलेर जान खोजे आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने बताउँदै आएका छन् ।